
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दु राष्ट्र र राजसंस्था पुन:स्थापनाका लागि संघीय राजधानीमा जनप्रदर्शन गरेकाे छ ।
काठमाडाैँकाे भृकुटीमण्डपबाट निकालिएकाे र्याली भद्रकाली, वीर हस्पिटल हुँदै शान्तिवाटिकामा पुगेर सभामा परिणत गरिएकाे छ । प्रदर्शनका क्रममा प्ले कार्ड, ब्यानर र सांस्कृतिक झाँकीसहित मानिसहरू सहभागी भएका छन् ।