१७ पौष २०७७, शुक्रवार

सरकारले अनलाइनमार्फत श्रम स्वीकृति दिने व्यवस्था गरेको छ । विभागले शुक्रबार (आज)देखि अनलाइनबाट पुनः श्रम स्वीकृति दिने तयारी गरेसँगै कार्यालया धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको हो । नयाँ व्यवस्था अनुसार विभागले पहिले नै श्रम स्वीकृति लिएका र पुन लिन चाहने नेपाली नागरिकले विभागको वेबसाइट हेरेर अनलाइनबाट आवेदन दिई श्रम स्वीकृति लिन सक्ने छन् ।जहाँ छ सोहि मुलुकबाट आवेदन दिन विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिनुभयो ।

https://amzn.to/4myfPN5

एकपटक विभागबाट आईडी लिएका, फिंगर प्रिन्ट गराएका, बायोमेट्रिक लिइसकेका व्यक्तिहरुलाई पुरानै विवरणको आधारमा श्रम स्वीकृति दिने व्यवस्था मिलाइकाले अनलाइनबाटै आवेदन दिएर निःशल्क सेवा लिन सकिने व्यवस्था गरिएको विभागले जानकारी दिएको छ ।

नयाँ श्रम स्वीकृतिका लागि पनि विभागले मेनपावर, मेडिकल र ओरेन्टेशन संस्थाहरुबाट बायोमेट्रिक विवरण लिएर अनलाइनबाट श्रम स्वीकृति दिने व्यवस्था गर्ने विषयमा छलफल गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर