
१६ पौष २०७७, बिहिवार
नयाँ वर्ष सन् २०२१ को आगमनसँगै दक्षिण कोरियामा कामदारको(वेसिक सेलरी) तलव वृद्धि भएको छ ।
अव दैनिक ८ घन्टाको दरले हप्ताको ४० घन्टा काम गर्ने कामदारको न्यूनतम ज्याला महिनामा १८ लाख २२ हजार ४ सय ८० कोरियन वन अर्थात् झन्डै १ लाख ८२ हजार रुपैयाँ हुनेछ ।
गत वर्षको तलब भन्दा १।५ प्रतिशत बढि प्रति घन्टा ८ हजार ७ सय २० वन वढेको हो । न्यूनतम तलब वृद्धि सँगै दक्षिण कोरियामा रहेका नेपाली कामदार पनि प्रत्यक्ष रुपमा लाभान्वित हुने छन् । साथै ८ घन्टा भन्दा बढि काम गरे बापत ‘ओभरटाइम’ र सार्वजनिक बिदाहरुमा काम गरे प्रतिघन्टा १३ हजार वन भन्दा बढि ज्याला पाउनेछन् ।
त्यसैगरी राति १० बजेदेखि बिहान ६ बजेसम्मको काम गर्ने कम्पनीमा रात्रि भत्ता समेत हुने ब्यवस्था छ ।