१६ पौष २०७७, बिहिवार

नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदूरपश्चिमको बैँक खातामा रहेको ३० लाख रुपैयाँ प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले गायव पारेको आरोप लागेको छ । नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्णबहादुर थापाले डाक्टर रावलले ३० लाख गायव पारेको आरोप लगाएका हुन् । ‘नेकपालाई विभाजन गर्न १९ पेजको गाली गलौजको लिखन तयार पार्न मुख्य भूमिका खेल्ने मध्येका एक डा.भीम रावललाई पार्टी विभाजन किन चाहिएको रहेछ भन्ने कुरा सुदूरपश्चिम प्रदेश कमिटीको नाममा रहेको ३० लाख गायव पारेपछि स्पष्ट भएको छ ।’ थापाले भने ।

पार्टीको बैक खाता अध्यक्षको हैसियतले आफ्नो, कार्यालय सचिव दिनेश चन्द्र सुवेदी र सचिव नेप बहादुर चौधरीको नाममा रहेको बताउँदै उनले पार्टी फूटको तहमा पुगेपछि सुवेदी र चौधरीलाई पार्टी सम्पत्ति साझा भएको र बैकबाट पैसा निकाल्नको लागि हस्ताक्षरको दुरुपयोग नगर्नु भनेको बताए ।

‘राजनीतिक विवाद र पक्षधरता आफ्नो ठाउँमा छ तर सम्पत्तिको दुरुपयोग भयो भने व्यक्तिगत जिम्मेवार लिनु पर्दछ भनेको थिए,’ थापाले अगाडि भने, ‘पार्टी कार्यालयमा तालाबन्दी भएका कारणले कृषि विकास बैक धनगढीका  मेनेजरलाई पार्टीको नामबाट चेक आएमा पैसा नदिनु होला भनेर पनि भनेको थिए । तर डा. भीम रावलको दबाबमा पार्टीको ३० लाख गायव पारिएको छ ।’

३० लाख गायव पारिनुलाई अपराधिक मानसिकताको उपजको रुपमा लिएको थापाले बताए । यता नेकपा सुदूरपश्चिमका इन्चार्ज भीम रावलले भने पार्टी अध्यक्ष, सचिव र कार्यालय सचिवको नामबाट खाता सञ्चालन भएकोले त्यस्मा आफ्नो कुनै सग्लनता नरहेको बताए । खवरकुन्जवाट

प्रतिक्रिया

सम्बन्धित खवर