१६ पौष २०७७, बिहिवार
खानेतेलमा कोलोवजारी गर्ने दुई ब्यवसायि पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका २ आदर्शनगरका ३८ वर्षीय दीपकुमार वर्णवाल र २४ वर्षीय रोशन वर्णवाललाई प्रहरीले पक्राउ गरेको हो।
शिवशक्ति रिप्याकिङ फर्ममा सोयाबिन तेल ल्याएर प्लाष्टिकको बोतलमा रिप्याकिङ गरी कालोबजारी गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो। रोशनले आफ्नै घरमा दाजु राजन वर्णवालको नाममा रहेको त्रिदेव रिप्याकिङग फर्ममा सोयाबिन तेल ल्याएर रिप्याकिङ गरी बिक्री गर्ने गरेका थिए।
उनीहरूले विभिन्न कम्पनीको सोयाबिन तेल रिप्याकिङ गरी तिल उत्सब पूजा तेल लेखिएको स्टिकर टाँसेर बेच्ने गरेका थिए ।
उनीहरुको र्फमवाट तेललगायतका सामाग्रिहरु समेत बरामद गरिएको छ । दुबैलाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्तर्गत कसुरमा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

 

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर