१६ पौष २०७७, बिहिवार
काठमाण्डौमा चिसो वढेको छ । आज विहान ९ बजे मापन गर्दा तापक्रम झन् घटेर जीरो दशमलव ८ डिग्री सेल्सियस पुगेको मौसमविद राजु प्रधानांगले जानकारी दिए । यो तापक्रम यस वर्षकै सबैभन्दा कम हो ।
आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८दशमलव ५ रहेको छ । दिपायलको न्यूनतम तापक्रम जीरो दशमलब ४ डिग्री सेल्सियस र वीरेन्द्रनगरको न्यूनतम तापक्रम एक दशमलव ९ डिग्री सेल्सियस छ । तराई मधेसका जिल्लामा बिहान लागेको हुस्सु कुहिरो अहिले भने बिस्तारै हट्दै जान थालेको छ । विराटनगर,वुटवल,नेपालगन्जमा विहान विस्तारै घामलाग्न शुरु भएको छ









