१५ पौष २०७७, बुधवार

पोर्चुगलमा कोरोना सक्रमणका कारण एक नेपालीको मंगलवार मृत्यु भएको छ । निमोनियाका विरामी रहेका तनँहुका २७ बर्षिय तिलबहादुर रानाको  कोरोना संक्रमण  भएपछि लिस्बनमा मृत्यु भएको हो । कोरोनाका कारण पोर्चुगलमा ज्यान गुमाउने उनी दोश्रो नेपाली हुन् । १९-२९ बर्ष समुहमा कोरोनाका कारण ज्यान गुमाउने उनी छैठौ व्यक्ति रहेको स्वास्थ्य महानिर्देशनालय जनाएको छ ।
उनको शव अहिले साउ जोसे अस्पताल, मार्तिमुनिज, लिस्बनमा राखिएको छ । ती युवक यसै बर्ष पोर्तुगल पुगेका थिए । उनको अन्तिम संस्कार पोर्चुगल मै हुने श्रोतले जनाएको छ
पोर्चुगलमा २९ डिसेम्बरमा मात्रै कोरोना संक्रमणका कारण ७४ जनाको ज्यान गएको छ भने ३ हजार ३३६ जना नयाँ संक्रमित फेला परेका छन्।पोर्चुगलमा कोरोना संक्रमणका कारण हालसम्म ६ हजार ७५१ जनाले ज्यान गुमाईसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर