१५ पौष २०७७, बुधवार

नेपालगन्ज :

घटना एक : जुम्लाका कमलेश थापा (नाम परिवर्तित) अध्ययनका लागि नेपालगंजमा आएर बसेको करिब दुइ बर्ष मात्रै भएको छ, नेपालगंजको एक टेक्निकल कलेजमा अध्ययन गर्ने उनको रवाफिलो र खर्चालु दैनिकीले नाजिका साथीहरु अश्चार्यमा परे । कहाँ र कसरी उसको जीवन स्तरमा एकाएक आएको परिवर्तनको खोजिनिती गर्दा उनी पुरुष यौनकर्मिको रुपमा केही महिना देखि कार्य गर्दै आएको खुलासा गरेको उनका साथिले बताए ।

नेपालगन्जमा कोठा भाडामा लिएर बस्दै आएका उनले घरबेटी विवाहित महिला संग यौन सम्बन्ध राखेकै कारण उनको रवाफिलो दैनिकी, पैसा , मोटरसाइकल र अन्य सुबिधा प्राप्त गर्दै आएको जिकिर गरे ।

घटना दुई :

कोहलपुर बसेर एउटा कलेजमा अध्यन गर्ने युवक हरेक हप्ता बाँके-बर्दियाको कुनै होमस्टे तथा होटेल बाँस बस्छन् । हप्ताको हरेक शुक्रबार र शनिबार उनको यहि दैनिकी रहने गर्छ । कोहलपुरकै एक बिवाहित महिला संग प्रेम सम्बन्ध बनाएका उनले ती महिलाबाट  मासिक ३०-४० हजार सम्म पकेट खर्च लिने गर्छन् ।

नाम नखुलाउने सर्तमा ति युवकले उक्त विवाहित महिलासंग यौन सम्बन्ध राखेकै कारण आफ्नो खर्च चलेको समेत बताए । घरबाट सिमित पैसा दिन्छन्, कोठभाडा, कलेज फिस तिर्ने र नगन्य मात्रामा पकेट खर्छ आउँछ । घरबाट पठाएको पैसाले यो स्तरमा जिउनै सकिदैन,  तर अहिले मलाई कुनै कुराको कमि छैन उनले बताए ।

यी माथिका घटना प्रतिनिधि मात्रै हुन् । यस अगाडी  काठमाडौं, पोखरा र धरान जस्ता ठुला शहरमा सक्रिय देखिएको पुरुष यौनकर्मीहरु नेपालगन्जमा पनि रहेको तथ्य खुलेको छ । नेपालगन्ज तथा अन्य शहरमा कतिको संख्यामा पुरुष यौनकर्मीहरु छन् भन्ने एकिन डाटा कसै संग नभए पनि नेपालगन्जमा केही दर्जनको हाराहारीमा रहेको अनुमान गर्न सकिन्छ । जो ब्यवसायिक रुपमै यौनकर्मिको रुपमा कार्य गर्दछन भने  नियमित रुपमा सम्पर्कमा रहेर त्यस्ता क्रियाकलापमा समावेश हुनेहरुको संख्या अनुमान नै गर्न नसकिने सम्पर्कमा आएकाहरुले बताउछन् ।

महिला यौनकर्मी जस्तै पुरुष यौनकर्मीहरुको विशेष स्थान वा विशेष सम्पर्क सुत्र नभेटिए पनि सम्बन्धका आधारमा त्यस्तो कार्य हुँदै आएको कुराकानीका क्रममा खुल्ने गरेको छ ।

नागरिक समाजकर्मीले केही कलेजका ब्यक्तिहरुसंग ब्यक्तिगत सम्बन्धको आधारमा गरेको कुराकानीका क्रममा उनिहरुले आफ्नो सर्कल तथा साथिहरुले सुनाएको अनुभव र नजिकका साथिहरुको क्रियाकलापको आधारमा यस्तो जिकिर गरेका हुन् ।

विवाहित महिलाहरु गोप्य रुपमा यस्ता सम्बन्ध राख्न मन पराउने भएकाले त्यस्ता पुरुष यौनकर्मीहरुलाई प्रेम सम्बन्धका रुपमा बिस्तार गर्ने गरेको समेत तथ्य खुलेको छ । प्रेम सम्बन्धमा बाधिए पनि पुरुषहरु भने पैसाकै लागि नै त्यस्ता सम्बन्ध गास्ने गरेको बताउछन् । कतिपय अवस्थामा त्यस्ता सम्बन्धहरुले जटिलता समेत प्रदान गर्ने उनिहरुले बताए ।

ब्यक्तिगत सम्बन्धका आधारमा त्यस्ता पुरुष यौनकर्मीहरु एक अर्का संग  नेटवर्कको रुपमा गासिदै जाने गरेको समेत बताउछन । एउटा पुरुष यौनकर्मीको नजिकको अर्को पुरुष उसको महिला पार्टनरको साथी सम्म पुराउने काममा पुलको काम गरिदिने हुनाले सहजै रुपमा कति पुरुष यौनकर्मी नेपालगन्जमा छन् भनेर आकलन गर्न सकिँदैन ।

बिशेषगरि नेपालमा बैदेशिक रोजगारमा जाने प्रबृत्ति संगै मौलायको पुरुष यौनकर्मीहरु एक जना पुरुष एक वा दुई भन्दा बढी महिलासंग नियमित सम्पर्कमा आउने गर्दछन ।   त्यस्तै केही पुरुष यौनकर्मीहरु भने बैदेशिक रोजगारीमा गएका, बिदेशी लाहुरे तथा उच्च घरानाका महिला सम्म कसरी पुग्न सकिन्छ र कसरी उनीहरु संग मोलमोलाइ गर्न सकिन्छ भनेर लाग्ने गरेको समेत बताउने गर्छन् ।

त्यस्तै राजधानी काठमाडौंमा पुरुष यौनकर्मीहरु संख्या सोचेभन्दा बढी रहेको जानकारहरु बताउछन् ।  नेपाली समाजमा पुरुष यौनकर्मीको संख्या पनि बढिरहेको छ। हुलिया उच्चस्तरको हुने हँदा उनीहरूको पहिचान गर्न गाह्रो छ। मैतीदेवीमा डेरा गरिबस्ने एक जना युवा छन्,

हट्टाकट्टा। मंगोलियन अनुहारका ती युवाको दिनचर्या सुरु हुन्छ, नित्यकर्मपछि जिमखानाको अभ्यास। बलिष्ठ र आकर्षक शारीरिक बनावटका उनी न धूमपान गर्छन्, न मदिरासेवन। बिहान काजु, बदाम र दूधजस्ता शाकाहारी पौष्टिक तत्त्व सेवन गर्छन्। उनको काम सुरु हुन्छ, दिनमा। त्यो काम हो, विभिन्न महिलालाई यौनसन्तुष्टि प्रदान गर्नु। उनी त्यस्तो काम गर्छन् भन्ने पत्याउन गाह्रो हुन्छ, उनको हुलिया हेर्दा।

नागरीक समाजवाट

प्रतिक्रिया

सम्बन्धित खवर