१५ पौष २०७७, बुधवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पुष्पकमल दाहाल र माधव नेपाल समूहलाई लक्षित गर्दै सडकबाट सरकार नबन्ने बताएका छन्।

नेता पाेखरेलले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीकाे प्रतिनिधिसभा विघटन गर्ने कदम संविधान सम्मत भएको समेत बताएका छन्। भेलामा उनले भने “राेल्पा परिवर्तनकाे पक्षमा छ। त्यसकाे परिणाम स्थानीय तहकाे चुनावमा पनि देखिसक्याे।

भेलामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह-ईन्चार्ज बैजनाथ चाैधरी, केन्द्रीय सदस्य गाेकुल घर्ती, केन्द्रीय सदस्यहरु कुमार दसाैदी, शान्तकुमार वली, बालाराम बुढा, ईश्वरी जिएमलगायतका नेता र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राेल्पा क्षेत्र नं. १ का कार्यकर्ताहरुकाे सहभागीता रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर