
१५ पौष २०७७, बुधवार
कोरोना सक्रमणवाट वाकेका दुई र वर्दियाका एक जनाको गरी थप तीन जनाको मृत्यु भएको छ । उनीहरु तिनै जनाको बाँकेमा उपचारक्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा बाँके कोहलपुर नगरपालिका २ का ७३ वर्षीय पुरुष यसैगरी बाँकेकै नेपालगञ्ज उपमहानगरपालिका २० का ६६ वर्षीय पुरुष रहेका छन । यसैगरी बर्दियाको ठाकुरबाबा नगरपालिका ९ निवासी ८५ वर्षीय महिलाको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ ।