
१५ पौष २०७७, बुधवार
स्याङ्जामा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाको जिल्लास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । । भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देशको अहिलेको अवस्थाले सिंगो नेकपा चिन्तित भएको बताए । मुख्यमन्त्री गुरुङले पक्ष विपक्षमा भैरहेको कुप्रचारले ओलीलाई केही असर नगर्ने बताउँदै कुप्रचार गर्ने नेताहरुलाई नै असर गर्ने बताए । गण्डकी प्रदेशका नेकपा इन्चार्जसमेत रहेका गुरुङले नेकपालाई यहाँ सम्म ल्याउन धेरै नेताहरुको योगदान रहेको बताउदै पार्टीमा प्रचण्ड माधव र झलनाथको पनि योगदान रहेको बताए । नेकपाका नेताहरुले व्यक्तीमाथि दोष थुपारेर पार्टीलाई जोखिममा पारेको मुख्यमन्त्री गुरुङको भनाइ थियो ।