१३ पौष २०७७, सोमवार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना (कोभिड–१९) को नयाँ प्रजाति (भेरियन्ट) को उद्गमस्थल बेलायतबाट आएका एक सय ९३ जनालाई निगरानीमा राखेको छ ।

ती मध्ये पाँचजनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले निगरानीमा राखिएकालाई ज्वरो र रुघा लागेको लक्षण देखिए पिसिआर परीक्षण गरेर उपचार गरिने जानकारी दिनुभयो । महाशाखाले सोमबार मात्र तीमध्ये १२ जनाको पिसिआर परीक्षण गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर