१३ पौष २०७७, सोमवार

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर कायरता प्रदर्शन गरेको आरोप लगाएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नेपालगञ्जमा भएको सभामा उनले प्रधानमन्त्रीले आफ्नो रक्षाका लागि संसद नै विघटन गर्नु ‘कायरता’बाहेक अरुक केही नभएको तर्क गरे ।

थापाले देश नै अनिश्चयमा फस्ने अहिलेको अवस्था ओलीबाट मात्र आएको नभई यसमा पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल पनि दोषी रहेको बताए ।तीन वर्षअघि भएको दुई पार्टीको ‘अपवित्र’ गठबन्धनको परिणाम देश, जनता र संसदले भोग्नुपरेको उनले बताए।

संसद विघटन गरेर ओली सरकारले चुनावको मिति घोषणा गरेको भए पनि चुनाव हुनेमा आशंका रहेको भन्दै उनले यसतर्फ कांग्रेस सचेत हुनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर