१३ पौष २०७७, सोमवार

साउदी अरेबियामा कोरोना भाइरससंक्रमण जोखिम बढेपछि रोजगारी गुमाएर , करार अवधी सकिएर अलपत्र परेका २२ हजार नेपाली स्वदेश फर्किएका छन्। विभिन्नचार्टर्ड उडानद्वारा हालसम्म १८ हजार ८ सय ४२ जना स्वदेश फिर्ता भएका छन् भने २ सय भन्दा बढी शवहरु स्वदेश पठाइएको छ। साउदी सरकारले २१ डिसेम्बर देखि एक हफ्ताको लागि सबै इन्टरनेशनल उडान बन्द गरेको छ भने नेपाली दुतावास रियाद र वाणिज्य दुतावास जेद्धाका अनुसार हालसम्म ८८ नेपालीको कोरोना भाइरसबाट मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा प्रवासी नेपाली समन्वय समिति साउदी अरेबियाले आप्रवासी कामदारको हकहितको मध्यनजर गदै श्रमिकले भोग्नुपरेको समस्या र समाधानबारे अन्तरकृया कार्यक्रम गरेको छ भने दुतावासको सहयोगमा साउदीको विभिन्न शहरहरुमा हेल्थ डेस्कसमेत संचालन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर