
१२ पौष २०७७, आइतवार
संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर गरेका थिए । त्यसपछि दुवै पक्षवाट गोली हानहान भएको थियो । घटनाको थप जानकारी आउन वाँकि नै छ ।