
१२ पौष २०७७, आइतवार
प्रदेश १ का तीन मन्त्रीले राजीनमा दिएका छन् । नेकपाको दाहाल नेपाल पक्षका तीन मन्त्रीले आज राजीनमा दिएका हुन् ।
राजीनामा दिनेमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वास छन् ।
आज प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने दाहाल नेपाल पक्षको तयारी छ ।
यसअघि हिजो मुख्यमन्त्री राईले दाहाल–नेपाल पक्षका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गर्नु भएको थियो ।
केन्द्रमा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा विभाजन र प्रदेशमा समेत सरकार राख्ने र ढाल्ने खेल सुरु भएको छ । यसअघि वागमती प्रदेशका मुख्यमन्त्री विरुद्ध पिनि अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।