१२ पौष २०७७, आइतवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आज ७७ वटै जिल्लामा कार्यकर्ता भेला गर्दैछ ।

प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको प्रचण्ड नेपाल समुहले आज देशभर अभिमूखिकरण गर्न लागेको हो ।

नेकपाको यो समुहले पर्सी मंगलवार राजधानी र जिल्लाहरुमा विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ भने २० गतेसम्म नगरपालिका र गाउँपालिकामा पार्टीको बैठक र भेला गर्ने जनाएको छ । यस्तै, २५ गतेसम्म वडामा पार्टीका बैठक र भेला हुनेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसंगै नेकपा दुई समुहमा विभाजित छ । ओली समुह चुनावी रणनीतिमा लागेको छ भने प्रचण्ड–नेपाल समुह सडक आन्दोलनमा केन्द्रित छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर