
११ पौष २०७७, शनिवार
जनकपुरमा जनता समाजवादी पार्टीले निकालेको मसाल जुलुसमा प्रहरी हस्तक्षेप गरेको छ । रेल्वे स्टेशनबाट निस्किएको मसाल जुलुसलाई प्रहरीले रोक्न खोजेपछि केहीबेर झडप भएको थियो । कोणसभा चलिरहेका बेला प्रदर्शनकारीमध्येबाट आगो बालिएको मसाल प्रहरीतर्फ फ्याँकेपछि झडप भएको थियो . प्रहरीले लाठीचार्ज गर्दा केही सामान्य घाइते समेत भएका छन् ।