११ पौष २०७७, शनिवार

स्याङ्जामा बस र ट्रक  ठोक्किदा १३ जना घाईते भएका छन । शनिबार दिउँसो ११ वगालेथोकमा अर्जुनचौपारीबाट आउँदै गरेको ना५ख ५१३९ नम्बरको बस र पोखराबाट वालिङ जाँदै गरेको लु१ख ६५९४ नम्बरको ट्रक ठोक्किएको हो।

८ जनाको स्याङ्जास्थित जिल्ला अस्पतालमा उपचार भइरहेकोर छ पाँच जनाको थप उपचारको लागि पोखरा पठाईएको छ ।  घाईतेहरुमा अर्जुनचौपरीका ३८ वर्षीय घमनसिंह गुरूङ, पोखराका ३५ वर्षीय जमुना काफ्ले, पर्वतका २८ वर्षीय अमृत विक, तानसेनका ४३ वर्षीय खुमबहादुर दंगाल, अर्जुनचौपारीका ६८ वर्षीया जमुना गुरुङ ६३ वर्षीया तुलसी काफ्ले, पुतलीबजारका ५६ वर्षीय सालिग्राम सुनार, ५० वर्षीया उमादेवी सुनार, पर्वतकी ३० वर्षीया चेतकुमारी नेपाली, ७६ वर्षीय रुमबहादुर गुरुङ, ८३ वर्षीय शेषकान्त अर्याल, १८ वर्षीय सागर गैरे र ४७ वर्षीय प्रितमसिङ गुरुङ रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर