
११ पौष २०७७, शनिवार
सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेकाे बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेकाे हाे ।
बैठकले १७ पुसका लागि राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेकाे कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले जानकारी दिनुभयाे । गत पुस ५ मा प्रतिनिधि सभा विघटन भएर नयाँ चुनावकाे मिति समेत तय भइसकेकाे छ । त्यसैले हाललाई राष्ट्रिय सभा मात्रै सञ्चालन हुनेछ । सरकारकाे सिफारिसमा राष्ट्रपति संघीय संसद्काे अधिवेशन आव्हान गर्ने संवैधानिक व्यवस्था छ । १८ असारमा राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गर्नुभएकाे थियाे ।