
१० पौष २०७७, शुक्रवार
प्रचण्ड–माधव समूह विभाजनको एक साता नपुग्दै विवादको भुमरीमा फसेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आ–आफूले पाउने पद सुरक्षित गरे पनि अन्य विषयमा भने विवाद शुरू भएको छ ।
महासचिव चयनका लागि तीन वटा केन्द्रीय कमिटी र सचिवालयका विभिन्न बैठक गर्दा पनि टुंगो लगाउन सकेको छैन । समूहभित्र महासचिवका आकांक्षी धेरै भएका कारण टुंगोमा पुग्न नसकिएको बताइएको छ
महासचिवको आकांक्षा राख्नेमध्येमा सुरेन्द्र पाण्डेसहित हरिबोल गजुरेल, वर्षमान पुन, घनश्याम भुसाल, जनार्दन शर्मा लगायत नेताहरु छन् । आकांक्षीमध्ये गजुरेल वरिष्ठ भएकाले उनलाई बनाउनुपर्ने मत बलियो छ । तर, माधवकुमार नेपाल पक्षकाहरु सुरेन्द्र पाण्डेबाहेक अरु हुँदै नहुने अडानमा छन् । आकांक्षी नेताहरु धेरै भएकाले अहिले उक्त समूह महासचिवको टुंगो नलगाई अघि बढेको छ ।