
१० पौष २०७७, शुक्रवार
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
जसअनुसार श्रममन्त्रीमा प्रभु साह, पर्यटन मन्त्रीमा मणि थापा, शिक्षामन्त्रीमा दावा लामा , खानेपानीमन्त्रीमा गौरीशंकर चौधरी,ऊर्जा मन्त्रीमा टोपबहादुर रायमाझीलाई लाई जिम्मेवारी दिएको बुझिएको छ । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको आज साँझ ७ बजेलाई सपथको कार्यक्रम राखिएको छ ।
प्रचण्ड–माधव पक्षका मन्त्रीहरुले राजीनामा दिएपछि ती मन्त्रालयहरु खाली रहेका थिए । नयाँ मन्त्रीहरुमा पूर्वमाओवादीका नेताहरुले प्राथमिकता पाएका छन् ।