१० पौष २०७७, शुक्रवार

पछिल्लो २४ घण्टामा  थप ६ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५७ हजार २ सय पुगेको छ।  पछिल्लो २४ घण्टामा ८९२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४८ हजार २ सय ९२ पुगेको छ।  संक्रमणबाट थप ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय १६ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर