१० पौष २०७७, शुक्रवार

नेकपा  प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र र संघीयता विरोधी भएको आरोप लगाएका छन् ।

https://amzn.to/4myfPN5

आफ्नो समूहको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले  भने, ‘केपी ओली गणतन्त्र र संघीयता विरोधी हो । उहाँ अहिले कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्दै हुनुहुन्छ । कुनदिन कम्युनिस्ट आन्दोलनलाई नै ध्वस्त पार्नुहुनेछ ।’

उनले भने, ‘ओलीलाई बैठक छलफलसँग एलर्जी छ । त्यो भनेको तानाशाही प्रवृत्ति हो । उहाँलाई मनपर्ने एकटै शब्द केपी बा हो । जसले केपी बा भन्दै उहाँप्रति समर्पित हुन्छ त्यो मात्र उहाँको नजिक हुन्छ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर