१० पौष २०७७, शुक्रवार

एनआरएनएको विशेष महाधिवेशन जनवरी २३ र २४ मा हुदैछ । संघ भित्र देखिएका बिकृतीहरु न्यूनिकरणको लागी केही मुख्य परिवर्तनको प्रस्ताब गरिएको एनआरएनएका पदाधिकारीहरुले वताएका छन ।

महाधिवेशनमा  युवा पुस्ताबाट उपाध्यक्षमा ग्यारेण्टी  उम्मेदवार बन्ने योग्यता मा लचकता अपनाईएको छ। महिला उपाध्यक्ष  सहित १ महिला सचिव, १ महिला सहकोषाध्यक्ष, ६ क्षेत्रमा एक एक जना महिला संयोजक र ६ वटै क्षेत्रमा महिला उपसंयोजक रहने व्यवस्था गरिने भएको छ । मनोतित आइसिसि सदस्य मध्ये ३३% महिलाको सुनिश्चिताको कायम गरिने भएको छ ।

पञ्जिकृत सदस्यता शुल्क शुन्य हुने प्रस्तावित गरिएको छ । एनसिसिहरुलाई बैकल्पिक आयश्रोतको खोजी गर्न सजिलो होस भन्नका लागि शुन्य शुल्क सन् २०२१ को अक्टोबर पछि लागु गर्न अनुरोध गरेको छ महाधिबेशनमा बढी चलखेल हुने डेलिगेट्स शुल्क खारेज गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर