
१० पौष २०७७, शुक्रवार
नेकपा केन्द्रमा विभाजन सगै स्थानिय तह सम्म विभाजनको प्रभाव देखिन थालेको छ । अर्घाखाँची जिल्लामा पनि यसको प्रभाव देखिएको छ । अर्घाखाँचीबाट ओली पक्षले ८ जना केन्द्रीय सदस्यमा मनोनयनमा परेसँगै नेकपाभित्र गुटबन्दी राजनिती सुरु भएको छ ।
नयाँ थपिएका केन्द्रीय सदस्यमा चन्द्रबहादुर खड्का, चेतनारायण आचार्य, रामजी प्रसाद घिमिरे, नरेन्द्र क्षेत्री, जाल्पा भुसाल, विजुला रायमाझी, डिल्लीराज खनाल र लक्ष्मण रायमाझी रहेका छन । अर्घाखाँचीबाट ८ जना मनोनित गर्दा समेत आधा जिल्ला समेट्ने शितगंगा नगरपालिकाबाट भने १ जना पनि केन्द्रीय सदस्यमा मनोनित भएका छैनन । शितगंगा नगरमा प्रचण्ड नेपाल निकटले बहुमतको दाबि गरेका छन । ओलि पक्षले पनि आफनो बहुमत रहेको दाबी गरेको छ ।