९ पौष २०७७, बिहिवार

प्रधानमन्त्री केपी शर्मा ओलीले थाहै नदिइ आफ्नो समूहको नेकपामा केन्द्रीय सदस्य बनाएको भन्दै केही नेताले पद अस्वीकार गरेका छन् । मंगलबार ओली पक्षको केन्द्रीय कमिटीको बैठकले ४ सय ४६ केन्द्रीय समिति रहेको नेकपामा सदस्य थप गर्दै ११ सय ९९ केन्द्रीय सदस्य बनाइएको थियो ।तर केही नेताले भने केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । यसरी अस्विकार गर्नेहरुमा  डम्बरध्वज तुम्बाहाम्फे–ताप्लेजुङ,  गोपाल बुडाथोकी–झापा,  जसमाया गजमेर–प्रदेश १ सामाजिक विकास राज्यमन्त्री ,  ज्ञानेन्द्र श्रेष्ठ–उदयपुरको कटारी नगरपालिका प्रमुख,  सुन्दर वि.क.–नेकपा बारा जिल्ला सचिव,  कमलेश झा–नेकपा प्रदेश २ सदस्य,  भगवती भण्डारी– लुम्बिनी प्रदेश सदस्य,  बृहस्पति अधिकारी–नवलपरासी,  जागेश्वरीदेवि चौधरी–तिलोत्तमा नगरपालिका उपप्रमुख,   अमरबहादुर डाँगी–प्रदेशसभा सदस्य रहेका छन ।

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर