
९ पौष २०७७, बिहिवार
केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा सरकार रहेको जानकारी दिएका छन् ।
साथै बैठकले पार्टीको समन्वयका लागि भन्दै ७ वटै प्रदेशमा संयोजक नियुक्त गर्ने निर्णय गरेको गरेको छ ।
बैठकले प्रदेश नं १ मा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौँ उपत्यकामा कृष्णगोपाल श्रेष्ठ, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई संयोजक तोकेको हो ।
यसैगरी बैठकले जनसङ्गठन संयोजकको जिम्मेवारी भने टोपबहादुर रायमाझीलाई दिएको महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए ।