
९ पौष २०७७, बिहिवार
नेपाली चलचित्र छक्का पन्जा ३ युटुवमा समेत रिलिज गरिएको छ । हास्य प्रधान यो चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकि हुन । चलचित्रमा करीव साढे २ घण्टाको रहेको छ । अहिले वनिरहेका चलचित्र भन्दा यो चलचित्र निकै पृथक छ । यो चलचित्र जुन विभिन्न उमेर समूहका मानिस र विभिन्न सामाजिक आर्थिक र सांस्कृतिक पृष्ठभूमिका मानिसहरूले एक साथ हेर्न र रमाईलो गर्न सकिने खालको छ । चलचित्रमा दिपा श्री निरौला, दीपिका प्रसाइ, दीपकराज गिरी, जीतू नेपाल, केदार घिमिरे, किरण केसी, नीर शाह, , शिशिर बंग्डेल लगायतकाले अभिनय गरेका छन ।