
८ पौष २०७७, बुधवार
आठ महिना देखि कम्बोडियामा विचल्ली परेका २२ जना नेपालीहरुलाई गैरआवासीय नेपाली संघले उद्धार गरेर वुधवार स्वदेश फर्काएको छ ।
दलालले विभिन्न प्रलोभनमा पारेर कम्बोडिया पुरयाईएका उनीहरुको भिसा नहुँदा झण्डै ८ महिनादेखि बिचल्लीमा पर्दे आएका थिए ।
धनकुटाका हरि कुमार राई र कम्बोडिया बस्ने उनका भाई सागर राईले आफुहरुलाई फसाएको पीडित युवाहरुको भनाई छ । कन्ट्रक्शनको काम गर्न ३ देखि ६ लाख रुपैयासम्म तिरेर कम्बोडिया पुगेको पिडितहरुले वताएका छन । बिचल्लीमा परेका उनीहरुलाई एनआरएनले केही महिनादेखि खाना, बस्न र हवाई टिकट उपलब्ध गराउदै आएको थियो ।
कम्बोडियासमेत हेर्ने नेपाली दूतावास थाइल्याण्ड र एनआरएनएका आइसीसी उपाध्यक्ष डा. बद्री केसीको संयोजकत्वमा संचालन भइरहेको ‘एनआरएनए कोभिड–१९ राहत तथा उद्धार कार्यक्रमले उनीहरु नेपाल फर्किएका हुन ।
त्रिभुवन विमानस्थलमा फर्किएका नेपालीलाई स्वागत गर्न पुगेका एनआरएनए कोभिड–१९ राहत तथा उद्धार कार्यक्रमका मेनेजर राजेन्द्रकुमार राउत पुगेका थिए । उनले भने “कम्बोडियामा केहि महिना सम्म त्यहाँ खानबस्नदेखि नेपाल ल्याउदासम्म एनआरएनले सहयोग गर्यो “।
एनआरएनका उपाध्यक्ष एवं वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा. बद्री केसीले नेपाली दूतावास थाइल्याण्ड र एनआरएन एनसीसी कम्बोडियाको सहकार्यमा उनीहलाई स्वदेश फर्काउन सकेको बताए ।
सहयोग पाएर नेपाल फर्कनेहमा लाल बहादुर थापामगर,मेहेरमान तामाङ, मिलन श्रेष्ठ, चन्दन सरदार, सन्तोष राई,पदम कुमार राई, मनिकुमार राई, इश्वरी प्रसाद पौडेल, मोतिलाल मगर, डम्बर बहादुर मगर हेम कर्ण लिम्बु छन । यसैगरी सुर्य बहादुर खत्री, डिल्ली प्रसाद खत्री, शेर बहादुर खड्का, नन्द बहादुर बुढाथोकी, रमेश कुमार भुजेल, नारायण भण्डारी, रिनोज बस्नेत, प्रकाश बस्नेत, नारायण बहादुर अधिकारी, दिपेन अधिकारी र विपिन अधिकारी रहेका छन ।