
८ पौष २०७७, बुधवार
नेकपाको बालुवाटारमा बसेकोओली समुहको बैठकले स्याङ्जाका १४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।स्याङ्जाबाट मनोनित हुनेमा पूर्व माओवादीका तर्फबाट स्याङ्जाको अध्यक्ष बनेका सूर्यप्रसाद गैह्रै ‘पारस’ पनि रहेका छन् । उनी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पक्षका नेताका रुपमा चिनिन्छन ।
स्याङ्जाबाट मनोनित हुनेमा सूर्यप्रसाद गैह्रै ‘पारस’, मीनप्रसाद गुरुङ, चक्र पराजुली, मोहन रेग्मी, सीमा क्षेत्री, पुण्य भुसाल, खिम थापा, मुक्ति पाठक, नारायण मरासिनी, सुधिर पौडेल, देवी थापामगर, देवी थापा क्षेत्री, तारा शर्मा र ताज मोहम्मद मिया रहेका छन् । यद्यपि मनोनित गरेको भनिएका कतिपयले आफू सो गुटमा नभएको बताएका छन् ।