
८ पौष २०७७, बुधवारनेकपा विभाजनपछि कैलालीमा ओली र प्रचण्ड–नेपाल समूहबीच पार्टी कार्यालयमा तालाबन्दी गर्ने र फोड्नेक्रम चलेको छ ।
एक समूहले ताला लगाउने र अर्को समूहले फोड्ने कार्य सुरु भएको छ । आजै कैलालीको गोदावरी नगरपालिकामा रहेको नेकपाको नगर कार्यालयमा प्रचण्ड–माधव समूहका कार्यकर्ताले तालाबन्दी गरेका थिए । उनीहरुले तालाबन्दी गरेको केही समयपछि फेरि ओली पक्षका कार्यकर्ताले सो ताला फोडेका छन् ।
गोदावरी नगरपालिका २ बनखेत मा रहेको कार्यालयमा प्रचण्ड–माधव समूहले तालाबन्दी गरेको एक घण्टा नबित्दै ओली समूहले ताला फोडेको हो । गोदावरी ओली पक्षका नेता लेखराज भट्टको क्षेत्र हो ।
उता सिन्धुली पार्टी कार्यालयमा केन्द्रीय सदस्य महेश बस्नेतको टोलीले ताला लगाएर चाबी जिल्ला पार्टी सचिव महेन्द्र श्रेष्ठलाई बुझाएका छन् । श्रेष्ठ तत्कालीन एमालेका अध्यक्ष र पार्टी एकतापछि जिल्ला सचिव थिए ।