८ पौष २०७७, बुधवार

सुर्खेत प्रादेशिक अस्पतालमा आज एक जना कोरोना सक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा  गुर्भाकोट नगरपालिका वडा न ७ का  ७५ वर्षीय पुरूष रहेका छन ।

श्वासप्रश्वास सम्बन्धी समस्या भएपछि विरामि पुस १ गते प्रदेश अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएकोमा सोही दिन नै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणवाट मृत्यु हुनेको सख्या २३ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर