७ पौष २०७७, मंगलवार

पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ ।पछिल्लो २४ घण्टामा थप ९६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४५ हजार ७०९ पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १७९८ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर