७ पौष २०७७, मंगलवार

राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन्।

https://amzn.to/4myfPN5

मंगलबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी हुन्।

यसअघि मन्त्रिपरिषद बैठकले पूर्वअर्थमन्त्री र प्रधानमन्त्रीका आर्थिक सल्लाहकारसमेत रहेका खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो।

 

प्रतिक्रिया

सम्बन्धित खवर