
७ पौष २०७७, मंगलवार
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचनमा जानु नै उत्तम विकल्प भएको धारणा छन् ।
मंगलबार बिहान ट्वीटरमार्फत थापाले फेरि फोहोरी गठबन्धन बनाएर ब्रम्हलुट मच्चाउनु र कुशासनको श्रृङ्खला शुरू गर्नु भन्दा ताजा जनादेशमा जानु उपयुक्त भएको बताएका हुन् ।
‘घोडा व्यापार र फोहोरी गठबन्धन बनाएर ब्रम्हलुट र कुशासनको दोस्रो श्रृङ्खला शुरू गर्नु भन्दा विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उत्तम विकल्प र अवसर हो । ’ थापाले भनेका छन् ।
संसद विघटनको वैधानिकताको व्याख्या सर्वाेच्च अदालतले गर्ने विश्वास थापाले व्यक्त गरेका छन् ।