
५ पौष २०७७, आइतवार
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित) ले संसद विघटन स्वाभाविक कदम भएको बताउनुभएको छ । आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनबारे सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिंदै उहाँले सत्तारुढ दल नेकपाभित्रैको प्रधानमन्त्री इत्तर समूहबाट भएका गलत माग र प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसको अकर्मण्य भूमिकाको कारण प्रधानमन्त्रीबाट चालिएको कदमलाई स्वाभाविक मान्न सकिने बताउनुभएको हो ।
उहाँले प्रधानमन्त्रीमार्फत सत्तारुढ दलकै विपक्षी खेमाबाट अपराधीलाई आममाफी दिलाउने, भ्रष्टाचारी, कालाबजारी र भगुवा ठेकेदारहरूलाई पखाल्नेजस्ता माग ते¥साएर सरकारलाई काम गर्न नदिने अवस्था सिर्जना हुँदा यस्तो कदम चालिएको हुन सक्ने बताउनुभयो ।