५ पौष २०७७, आइतवार

सत्तारूढ नेकपाका ९० जना सांसद्हरुको हस्ताक्षरमा आइतबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेको खुलेको छ।

https://amzn.to/4myfPN5

उनीहरुले संविधानको धारा १०० को उपधारा ४ बमोजिम अविश्वास प्रस्ताव दर्ता गरेको जनाएका छन् । उक्त उपधारामा संसदका एक चौथाइ सदस्यले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न सक्ने व्यवस्था छ।

स्रोतका अनुसार नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई भावी प्रधानमन्त्री प्रस्ताव गरेर अविश्वासको प्रस्ताव दर्ता भएको थियो।

अविश्वासको प्रस्ताव ल्याउँदा भावी प्रधानमन्त्रीको नामसहित प्रस्ताव गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार प्रचण्डको नाम प्रस्ताव गरिएको हो। तर, संसद विघटन भइसकेकाले यो प्रस्ताव भने अब अलपत्र परेको छ।

यस्तो छ अविश्वासको प्रस्ताव 

प्रतिक्रिया

सम्बन्धित खवर