५ पौष २०७७, आइतवार

पछिल्लो २४ घण्टामा देशभर ५८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार ४ हजार ६२० जनाको पीसीआर परीक्षण भएकोमा ५८८ जनालाई पोजेटिभ देखिएको हो ।

यस्तै, २४ घण्टामा १ हजार ९७ संक्रमित कोरोनामुक्त भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ४३ हजार ६६४ पुगेको छ ।
यस्तै ११ संक्रमितको मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ७८८ पुगेको छ । अहिले देशभर ८ हजार ३२० संक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर