
५ पौष २०७७, आइतवार
प्रधानमन्त्री केपि शर्मा ओलीले अव मन्त्रीपरिषद गठन गर्ने तयारी थाल्न शुरु गरेका छन । मन्त्रिमण्डलमा नयाँ अनुहारलाई ल्याउने उनको तयारी छ । अबको मन्त्रिमण्डलमा बामदेव गौतम उपप्रधानमन्त्रीसहित गृह वा रक्षामा जाने बुझिएको छ । यसै गरी महेश बस्नेत,किसान श्रेष्ठ पनि मन्त्री बन्ने संभावना छ । अहिले मन्त्रिमण्डलमा रहेका इश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, लेखराज भट्ट, पदमा अर्याल, कृष्णगोपाल श्रेष्ठलगायत मन्त्री कायमै रहने जानकारहरु वताउछन ।
पूर्व माओवादीबाट मन्त्री भएकाहरु सबैजसो हटाइदैछन् । वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र बिना मगरलाई हटाउने तयारी भैरहेको राजनितिक विश्लेषकहको विश्लेषण छ ।