५ पौष २०७७, आइतवार

बीबीसी स्टुडियोको फर्म्याटमा आधारित बिश्व चर्चित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को नेपाली संस्करण ‘डान्सिङ वीथ द स्टार्स नेपाल’ को उपाधि सुमी माेक्तान र विजु पार्कीले जितेका छन ।

शनिबार सम्पन्न भएको फाइनलमा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधी हात पारेका हुन् । उपाधीसँगै उनीहरुले २० लाख पुरस्कार समेत प्राप्त गरेका छन् । विजेतालाई हिमालय टीभीका प्रमुख धर्मराज भुसालले ट्रफी प्रदान गरेका थिए।

यस्तै,  फस्ट रनरअपको उपाधि वुद्ध लामा र केविका गुरुङ, सेकेन्ड रनरअप, प्रियना आचार्य र सुभम् भुजेल बन्न सफल भएका छन् ।

निर्णायकको रुपमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई रहेका थिए ।  शोमा १२ जना स्टार प्रतिस्पर्धीहरुको सहभागीता थियो । १२ जना स्टार प्रतिस्पर्धी र उनीहरुको कोरियोग्राफर पार्टनरको डान्स प्रस्तुती दर्शकले हरेक हप्ता टेलिभिजनमा हेर्दै आएका थिए । दर्शकको भोटको आधारमा विजेता घोषित गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर