
४ पौष २०७७, शनिवार
दिल्लीदेखि नेपाल फर्कदै गरेका एक नेपाली वाटैवाट बेपत्ता भएका छन । दिल्लीवाट डिसेम्वर १० तारिखमा दिन घर हिडेका पर्वत जिल्लाको विहादी गाउँ पालिका वडा ५का ५७ वर्षिय शुभाकर एक हप्ता सम्ममा पनि घरमा पुगेका छैनन ।
एकहप्ता सम्म पनि नेपालमा रहेका परिवार संग सम्पर्क नभएपछि उनको खोजी गर्न श्रीमती सहित परिवार अहिले दिल्ली पुगेका छन ।
फरिदाबादको बल्लभगढमा बिजुली विभागमासरकारी काम गर्ने काम गर्ने गरेका सुभाकर दुई महिना पछाडि मात्रै कामवाट रिर्टायर्ड हुन लागेका थिए ।
सुभाकर रोडवेजको वसको टिकट लिएर सुनौली जाने वसमा नेपाल फर्किएका थिए । परिवारले हिजो उनि सवार भएको बसका चालकहरुलाई समेत भेट गरेको छ । बसका चालकका अनुसार बस वाह्र घण्टा ढिलो गरि सुनौली पुगेको थाहा भएपनि हराएका सुभाकरका बारेमा धेरै थाहा हुन सकेको छैन । स्मरण रहोस गोरो रंग र पाचँ फिट उचाँइ भएका सुभाकरले यात्राका दौरान कालो पैन्ट र कालो ज्याकेट लगाएका थिए।