
४ पौष २०७७, शनिवार
मलेसियाले नेपाल संग पछिल्लो ५ महिनामा ६३ हजार नेपाली श्रमिकको माग गरेको छ । मलेसिया स्थित नेपाली दुतावासमा प्रमाणिकरण आउनेहरुको कमि नभएको नेपाली दुतावास मलेसियाले जनाएको छ ।
मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले भने “रोजगारदाता कम्पनी सञ्चालक वा कम्पनीका जिम्मेवार व्यक्ति आउँदा मात्र मागपत्र प्रमाणीकरण गर्ने गरिएको छ । साथै ति रोजगारदाताहरुले श्रम सहमझदारी अनुसार श्रमिक ल्याउन तयार भएको प्रतिवद्दता जनाउने गरेका छन्” । मलेसियामा नेपालीलाई मात्र सेक्युरिटी गार्डको लागि लिने गरेको कारणले पनि मलेसियामा नेपाली श्रमिकहरुको डिमाण्ड नघट्ने उनले वताए ।