
४ पौष २०७७, शनिवार
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेकपा गम्भीर मोडमा पुगेको भए पनि विभाजन नहुने बताउनुभएको छ ।
नेकपा दोलखा जिल्ला जिल्ला समिटीले आज चरिकोटमा आयोजना गरेको जिल्ला कमिटीका सदस्य तथा शैलुङ गाउँपालिका–७ का वडाध्यक्ष प्रेम लामाको श्रद्धाञ्जलिसभामा मन्त्री गुरुङले पार्टी विभाजन नहुने बताउनुभएको हो ।
“पार्टी गम्भीर मोडमा छ तर विभाजन हुँदैन, विभाजन हुन दिँदैनाैँ”, मन्त्री गुरुङले भन्नुभयो, “मुलुकको स्थायित्व र समृद्धिका लागि नेताहरुले पार्टी विभाजन हुन दिनुहुन्न भन्ने विश्वास छ ।”
उहाँले पार्टीभित्र देखिएको समस्या समाधान गर्न आफू जस्तोसुकै त्याग गर्न पनि तयार रहेको स्पष्ट पार्नुभयो । बुधबार निधन भएका पार्टीका नेता लामा इमान्दार व्यक्ति भएको स्मरण गर्दै मन्त्री गुरुङले उहाँको इमान्दारिताबाट सबैले पाठ सिक्नुपर्नेमा जोड दिनुभयो ।