४ पौष २०७७, शनिवार
एघार वर्ष अघि रोजगारीको लागि साउदी पुगेकि झापाकि लिलामाया धिमालको उद्धार गरिएको छ ।
गैरआवासीय नेपाली संघ साउदीका प्रवक्ता बिष्णु न्यौपानेले दिएको जानकारी अनुसार ताबुक शहरमा रहेको साउदी नागरिकको घरमा ११ बर्षसम्म बिना तलब काम मात्र लगाउने र ती महिलालाई बन्धक बनाएको खबर पाउने बितिकै साउदीको जेद्धास्थित महावाणिज्य दूतावासको पहल र एनआरएनएको समन्वयमा उनको सकुशल उद्धार गरिएको थियो ।

पीडित महिलाको उद्धारका लागि महावाणिज्य दूतावासका श्रम सहचारी प्रेमप्रसाद उपाध्यायसहितको टोली सक्रिय भएको थियो ।
ती महिलालाई खाना र बस्नको ब्यबस्था मिलाउनुका साथै, हवाइ टिकटको लागि अंशिक रकम, पीसीआर परीक्षणका लागि रकम एनआरएनएले उपलब्ध गराएको प्रवक्ता न्यौपानेले बताए ।
दूतावासले पीडित महिलाको वर्षौं देखि नपाएको तलब क्षतिपूर्ति दिलाएर१५ डिसेम्बरमा स्वदेश पठाइएको न्यौपानेले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर