३ पौष २०७७, शुक्रवार

भारतको गोवामा एक नेपालीको शव दुई  हप्ता देखि अलपत्र अवस्थामा रहेको छ । परिचय खुल्न नसक्दा शव अलपत्र अवस्थामा रहेको हो  ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आधार कार्डमा बिमल खड्का नाम भेटिए पनि मृतकको नेपालको स्थायी ठेगाना र आफन्तहरु फेला नपरेपछि शव अलपत्र अवस्थामा रहेको छ ।
खड्काको मृत्यु डिसेम्वर चार तारिखमा भएको भएपनि आफन्तहरु सम्पर्कमा नआएको गोवा नेपाली समाजका अध्यक्ष प्रकाश थापाले जानकारी गराए ।
थापाका अनुसार मृतकको शव दुई हप्ता देखि गोवा मेडिकल कलेजमा राखिएको छ । प्रगतिशील नेपाली समाज भारतका केन्द्रीय सल्लाहकार रमेश खड्का “नेपालबाट आउने नेपालीहरुले आधार कार्डमा हाल बसिरहेको भारतकै ठेगाना लेखाउने भएकाले पनि मृत भेटिएका बिमल खड्काको नेपाल घर थाहा हुन  सकेको छैन ”   उनी भन्छन आफन्तहरुको खोजी गरिरहेको छौ तर कोहि पनि सम्पर्कमा आउनु भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर