३ पौष २०७७, शुक्रवार
नेपाली कांग्रेसले तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको छ ।
संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको संसदीय दल कार्यसमिति बैठकले सदनलाई सरकारले बन्धक बनाएको भन्दै तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको हो ।
बैठकले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यायदेश संविधानको व्यवस्था, भावना र मर्म विपरित रहेको भन्दै तत्काल फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । कोरोनाको महामारी व्यवस्थापन गर्न पनि सरकार पूर्णरुपमा असफल भएको कांग्रेसको ठहर छ । बैठकले मोरङमा भएको शिक्षक हत्याका घटनाको निन्दा गर्ने र हत्यारालाई कानुनी कारबाही गर्न माग गरेको छ ।