३ पौष २०७७, शुक्रवार

काठमाण्डौ उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाण्डौमा आज (शुक्रबार) जाडो सुरु भएपछिकै कम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ।

बिहीबार (हिजो) काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री मापन गरिएको थियो । आज बिहान पनि न्यूनतम तापक्रम २ दशमलव २ डिग्री नै मापन गरिएकोमा पछि घटेर १ दशमलव ६ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७ दशमलव ० डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको न्यूनतम तापक्रम ९ दशमलव ० डिग्री सेल्सियस रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर