३ पौष २०७७, शुक्रवार

वाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीमा ३७ वर्षीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक बलेन्द्र नाथले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुमानअनुसार आफ्नै लापर्वाहीका कारण उनको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर