३ पुष २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रदेश १ का अध्यक्ष र सचिवहरूको भेला बोलाएको छ । पार्टीमा विवाद बढ्दै गएपछि प्रदेश १ का १४ जिल्लाका आफू पक्षका अध्यक्ष र सचिवलाई काठमाडौं बोलाइएको हो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

पेरिसडाँडामा आयोजित भेलामा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले पार्टीभित्रको वर्तमान परिस्थितिबारे ब्रिफिङ्ग गर्ने बताइएको छ । सबै प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुलाई क्रमशः काठमाडौं बोलाउने बताइएको छ । प्रदेश कमिटीले जिल्ला अध्यक्ष र सचिवलाई काठमाडौं भेलाको पत्र काटेका बताइएको छ।

पार्टी भित्रको आन्तरिक विवाद र अवस्थाका विषयमा जानकारी गराउन भेला डाकिएको बताइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर